Logo

यस्तो छ शनिबार देशभरको मौसम



काठमाडौं, असोज ३ । देशभर सामान्य बदली रही केही स्थानहरुमा आज मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अहिले प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एकर दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्