Logo

संविधान दिवसमा भाग नलिने र विरोध गर्ने उपेन्द्र यादवको भनाई



काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा आफूहरुले भाग नलिने स्पष्ट पारेका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा हिजो आफ्नो धारणा सार्वजनिक गर्दै नेता यादवले यस्तो बताएका हुन् । यादवले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन् । उनले संविधानलाई विभेदकारी, अपुरो र त्रुटिपूर्णको संज्ञा दिएका छन् । र, संविधानले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समूदायहरुका साथै उत्पीडित जातजाति एवम् समूदायहरुले उठाउँदै आएका मुद्दाहरुलाई पनि सम्बोधन गर्न नसकेको यादवको टिप्पणी छ ।

हेरौं यादवले के लेखेका छन् ?

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनबिद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका बिषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण संविधानले मधेशी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातरजाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन । संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा बिभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, बिरोध गर्ने र संविधानमा रहेका बिभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान शंसोधनद्वारा यसलाई सच्याउनका लागि जनचेतनामूलक कार्यक्रमहरु गरिनु पर्दछ ।



प्रतिक्रिया दिनुहोस्