Logo

राजधानीका सम्पादक पण्डितलाई प्रबल जनसेवाश्री



काठमाडौं, ३ असोज । राजधानी राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितसहित विभिन्न सञ्चारकर्मीहरु विभूषित भएका छन् । संविधान दिवसका अवसरमा सम्पादक पण्डितलाई प्रबल जनसेवाश्री बाट विभूषित गरिएको हो । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाउनेहरुको नाम घोषणा गरिएको हो ।

सो अवसरमा पण्डित लगायत अन्य सञ्चारकर्मीहरु राजेश झा, राजेशकुमार अर्याल, गोविन्द प्रसाद भण्डारी,शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छा विन्दु तुलाधर र चिरञ्जिवी मास्केलाई पनि प्रवल जनसेवाश्री बाट विभूषिण्त गरिएको छ । यसैगरि अन्य केहि सञ्चारकर्मीहरु जनसेवाश्रीबाट विभूषित भएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले राष्ट्रिय जीवनमा विभिन्न योगदान पु¥याएका झण्डै ५ सय जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्