Logo

प्रधानसेनापति थापा र सशस्त्रका आइजीपी खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री



काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसमा प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाललाई विभुषित गर्ने भएको छ । दुवैलाई प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीयद्वारा विभुषित गरिने भएको हो ।

गृह मन्त्रालयले आज विभुषित हुनेहरुको सुचीमा थापा र खनालको नाम पनि छ । प्रसिद्ध जनसेवा श्री द्वितीय प्राप्त गर्नेहरुमा न्यायाधीश दीपककुमार कार्की र अख्तियारका पूर्व प्रमुख आयुक्त नविन कुमार घिमिरे पनि छन् ।

विभुषण पाउने सुचीमा सशस्त्रका एआइजीहरु पुष्पराम केसी र रामशरण पौडेलको नाम पनि छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारीको नाम पनि सुकीर्तिमय राष्ट्रदीप तृतीय पाउनेको सुचीमा छ ।



प्रतिक्रिया दिनुहोस्