Logo

संविधान दिवसमा १३ पत्रकार विभुषित (नामावलीसहित)



काठमाडौं, ३ असोज । सरकारले सविधान दिवसमा सार्वजनिक गरेको विभुषित हुनेहरुको सुचीमा १३ जना पत्रकार पनि परेका छन् । आठ जना पत्रकारहरु प्रबल जनसेवा श्री चतुर्थद्वारा विभुषित हुनेहरुको सुचीमा परेका हुन् ।

पत्रकारमध्ये विभुषित हुनेहरुको सुचीमा पहिलो नम्बरमा डा. राजेश झा अहिराज छन् । राजधानीका सम्पादक सागर पण्डित, पाल्पाका पत्रकार गोविन्दप्रसाद भण्डारी, एबीसी टेलिभिजनका शुभशंकर कँडेल पनि सुचीमा छन् ।

पत्रकारहरु धर्मेन्द्र कर्ण, शुभेच्छा बिन्दु तुलाधर, चिरञ्जीवी मास्के पनि विभुषित हुने सुचीमा परेका छन् ।

यसैगरी जनसेवा श्री पञ्चम प्राप्त गर्नेको सुचीमा पत्रकारहरु मोहन बस्नेत, लिलाराज भट्टराई, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम र टीका बिष्ट छन् ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम