Logo

डाक्टर शिवजी सिलवाललाई सुप्रबल जनसेवा श्री तृतीय



काठमाडौं, ३ असोज । मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवाल नेपाल सरकारबाट संविधान दिवसमा सुप्रबल जनसेवा श्री तृतीयबाट विभुषित हुने भएका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका सिलवालको विभुषित हुनेहरुको सुचीमा रहेको छ ।

डा. सिलवाल मुटुरोगविरुद्ध जनचेतनामुलक कार्यक्रममा समेत सक्रिय हुने गरेका छन् । उनी नर्भिक अस्पताललगायत विभिन्न अस्पतालमा सेवा दिदै आएका छन् ।

मुटुरोग लाग्न नदिन डा. सिलवालले चलाएको जनचेतनमुलक अभियान प्रभावकारी पनि बन्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्