Logo

भेडाहा खोलामा वृद्धको शव भेटियो



वीरगंज, ३ असोज । वीरगंज महानगर–३१ भेडाहा खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन् । आज बिहान पर्सागढी नगरपालिका वडा नं. ४ परशुरामपुर निवासी ६० वर्षीय सकुर देवान भेडाहा खोलामा मृत भेटिएको बिरुवागुठी प्रहरी चौकीले जनाएको छ ।

देवानका छोरा जावेदले बुबा गएराति नै घरमा नरहेको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्