
वीरगंज, ३ असोज । बारा, पर्सा र सर्लाहीका ५२ जना कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंज प्रयोगशालाले जनाएको छ । बाराका ४५ जना, पर्साका ६ जना र सर्लाहीका १ जना गरी ५२ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका प्रवक्ता डा अतुलेश चौरसियाले गएराति सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
संक्रमितमध्ये ४ महीनाको शिशु, ११ जना महिला, बाल सुधार गृह, वीरगंजका ३ जनालगायत प्रहरीहरु रहेको विवरणमा उल्लेख छ ।