Logo

कञ्चनपुरमा सशस्त्र प्रहरीको १४ औं बिओपी पोष्ट स्थापना



कञ्चनपुर, ३असोज : कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। सशस्त्र प्रहरीको अत्तरियास्थित रहेका डिआइजी हरिशंकर बुढाथोकीले शुक्रबार बिओपीको उद्घाटन गरेका हुन्। उक्त सीमा क्षेत्रमा सशस्त्र प्रहरीकोको उपस्थिति बढ्दै गएको छ।

कञ्चनपुरमा शुक्रबार उद्घाटन गरिएको बिओपी १४ औं पोस्टको रुपमा स्थापित भएको हो भने अझै ९ वटा बिओपी स्थापना हुन बाँकी रहेको जनाइएको छ । सशस्त्र प्रहरी निरिक्षक सुदीप कार्कीको कमान्डमा ३५ जनाको टोली पचुईमा खटिएको छ।



प्रतिक्रिया दिनुहोस्