Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो



काठमाडौं, ३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय एक पुगेको छ । आज थप ११ जना संक्रमितको मृत्यु भएसँगै संक्रमित संख्या चार सय नाघेको हो ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ७ महिला र ४ पुरुष रहेको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा दुई सय ९४ पुरुष र एक सय १७ महिला छन् ।

आज संक्रमणबाट मृत्यु हुनेहरुमा ७ महिला र ४ पुरुष छन् । आज मृत्यु हुनेहरुमा ७ जना वृद्धवृद्धा छन् ।

बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्