Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका ११ जना को को (विवरणसहित)



काठमाडौं, ३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ७ महिला र ४ पुरुष छन् ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय एक पुगेको छ । आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा दुई सय ९४ पुरुष र एक सय १७ महिला छन् ।

आज मृत्यु हुनेहरुमा ७ जना वृद्धवृद्धा छन् । बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ ।

मृतकको विवरण
१. मोरङकी ६५ वर्षीय महिला
२. रौतहटकी ५१ वर्षीय महिला
३. सर्लाहीकी ५६ वर्षीय महिला
४. ललितपुरकी ७६ वर्षीया महिला
५. ललितपुरकी ६८ वर्षीया महिला
६. ललितपुरका ६० वर्षीय पुरुष
७. काठमाडौंकी ७७ वर्षीया महिला
८. काठमाडौंका ७५ वर्षीय पुरुष
९. मकवानपुरकी ३७ वर्षीय महिला
१०. रुपन्देहीका ६९ वर्षीय पुरुष
११. बाँकेका ४५ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्