Logo

वृहस्पति ग्रहको आकर्षक तस्बिर सार्वजनिक



एजेन्सी, ३ असोज । यो वृहस्पति ग्रहको तस्बिर हो । अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र नासाले यो तस्बिर सार्वजनिक गरेको हो ।

ग्रहमा वृहस्पतिमा भएको केही गतिविधि समेत देखिएको छ । उसको चन्द्रमा युरोपा पनि देखिएको छ ।

विशाल आकारको यो ग्रह पृथ्वीबाट ४ करोड ६० लाख माइल टाढा हुँदा तस्बिर लिइएको जनाइएको छ । यो अगष्ट २५ मा खिचिएको उल्लेख छ । तस्बिरमा चम्किलो रातो र सेतो रङ्गहरु देखिएको छ ।-तस्बिर स्रोतः नासा



प्रतिक्रिया दिनुहोस्