Logo

जनकपुर(जयनगर रेल स् भारतै फर्काइए रेल सेट



काठमाडौं, असोज ४ । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता लगिएको छ । नियमित रूपमा रेल सञ्चालन गर्न डेढ महीनाजति लाग्ने नेपाल रेलवे कम्पनीले बताएको छ ।

३४ किलोमीटर लामो रेलमार्गमा शुक्रवार परीक्षण गरिए पनि नेपालले आवश्यक जनशक्ति तयार नगर्दा दुईओटा रेलसेटहरू पुनः भारततर्फ नै लगिएका हुन् ।

सो रेलमार्गमा रेल सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू भर्ना नगरिएको तथा रेल इन्जिनीयरहरू भारतबाट ल्याउने प्रक्रिया नटुङ्ग्याउँदा नयाँ रेल आए पनि सेवा सञ्चालन हुन नसकेको हो ।

नेपाल रेलवे कम्पनी लिमिटेडले १३९ कर्मचारी नियुक्ति गर्न भदौ २९ गते सूचना जारी गरेको छ । करार सेवाका लागि कम्पनीले १५ दिनभित्र आवेदन माग गरिएको छ । यसको प्रक्रिया सम्पन्न गर्न डेढदेखि २ महीना बित्ने देखिन्छ ।

भारतबाट ल्याउने कर्मचारीका लागि भने १ हप्ताभित्र टुंगो लाग्ने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार लामो समय रेल सञ्चालन नगरी राखे पार्टपुर्जा बिग्रन सक्छ ।

‘सञ्चालनमा ल्याइसकेको रेल पार्किङ गरेर राख्दा पार्टपुर्जा बिग्रन सक्ने भएपछि समयसमयमा चलाउन पुनः जयनगर नै पठाउन परेको हो,’ उनले भने, ‘अहिले जयनगर र धनुषाको इनरुवामा ल्याएर राख्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।’ नियमित रूपमा रेल सञ्चालन गर्न डेढ महीनाजति लाग्ने भट्टराईले बताए । कम्पनीले कर्मचारी नियुक्तिको प्रक्रिया ढिला शुरू गरेकाले तयारी अवस्थाका रेल तत्काल प्रयोगविहीन भएका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्