Logo

अध्यक्ष सुवाललाई कोरोना पुष्टि



भक्तपुर, ४ असोज । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत हुनुहुन्छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसपछि उहाँ भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना हुनुभएको छ । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्