Logo

‘संविधान सबैको मियो’



काठमाडौँ, ४ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्वारा, जनताका लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको वर्तमान संविधान सबै नेपाली अटाउने गतिशील दस्तावेजको ‘मियो’ भएको बताउनु भएको छ ।

‘छैटौँ संविधान दिवस एवम् राष्ट्रिय दिवस–२०७७’ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले कुनै आशङ्का वा अस्पष्टता छन् भने संवादका माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।

‘लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो सङ्घर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताविरुद्ध जनतालाई परिचालित ग¥यौँ,’ उहाँले स्पष्ट पार्नुुभयो, ‘‘जनताको सङ्घर्ष र बलिदानलाई साकार पार्न सबै दल÷समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक बन्न जरुरी छ ।’’ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले २०७२ असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी भएकै दिनदेखि ढाल्नुपर्ने र फाल्नुपर्ने राज्य व्यवस्था सधैँका लागि समाप्त भइसकेको बताउनुभयो ।

खाल्डा–खुल्डी सम्याउन तयार

वर्तमान राज्य व्यवस्था सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैँ यसविरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित नहुने भन्दै प्रधानमन्त्री ओलीले नयाँ ‘राज्य प्रणाली’मा खाल्डा÷खुल्डी भए आफू सम्याउन तयार रहेको स्पष्ट पार्नुभयो । सरकारले महामारीलाई चुनौतीका रूपमा नभई अवसरमा उपयोग गरी चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार सुधार योजना कार्यान्वयनमा ल्याएको स्मरण गराउँदै उहाँले महामारी नियन्त्रणका लागि चालिएका कदम उराँठलाग्दो नभई उत्साहजनक देखिएको बताउनुभयो ।
सुशासन र पारदर्शिता विकास निर्माणको अत्यावश्यक सर्त हो, अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’’

तीव्र गतिमा शीघ्र विकास

उहाँले विकासका सन्दर्भमा ‘भइहाल्छ नि’ भन्दै सुस्तरी चल्ने वा ‘गरिहाल्लान् नि’ भन्दै चल्दै नचल्नेहरू बीचको बेमेलको अन्त्य गरी जनआकाङ्क्षाअनुरूप ‘शीघ्र विकासका लागि तीव्र गतिमा दौडिन खोज्दा’ प्रतिबद्धतालाई परिणति र परिणाममा बदल्न सकिने धारणा राख्नुभयो ।
समग्र प्रणाली परिवर्तनमा कर्मचारीतन्त्र तथा राज्य संयन्त्रहरू बाधक कहिल्यै बनेनन् तर कर्मचारीतन्त्रलाई ‘तीव्र गतिमा, शीघ्र विकास’को बाहक बन्न कुन चाहिँ तìवले अवरोध खडा गरिरहेको छ रु प्रधानमन्त्री ओलीले प्रश्न गर्दै थप्नुभयो, ‘‘विकास र प्रगतिलाई अस्वीकार गर्ने अस्वस्थ राजनीतिक तìव नै हो त रु’’

व्यावसायिक बन्न सुझाव

‘स्वतन्त्र प्रेस लोकतन्त्रको अभिव्यक्ति हो, यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ, प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘‘त्यसकारण सञ्चार माध्यमहरूले पनि ‘तथ्यको आधारमा सत्य पस्किने र समाजलाई सुसूचित गर्ने’ दायित्व बहन गरी ‘व्यावसायिक पत्रकारिता’को चरित्र देखाउन जरुरी छ ।’’ हिजोको नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पु¥याउने सञ्चार माध्यम र बौद्धिक जगत्ले बाटो बिराउँदा लोकतन्त्र कमजोर भई जनताले दुःख पाउने अवस्था रहन सक्छ भन्नुुहुुँदै लोकतान्त्रिक संस्कार, व्यवहार र अभ्यासलाई बलियो बनाउन सञ्चारमाध्याम र बौद्धिक वर्गको महìवपूर्ण भूमिका रहेको भनाइ उहाँको थियो यो खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्