Logo

रसुवाको चिलिमेमा रहेको तातोपानी पाँच बर्षपछि पहिलेकै अवस्थामा फर्कियो



रसुवा, ४ असोज । जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ५ मा रहेको तातोपानी पाँच वर्ष पछि पहिले कै अवस्थामा फर्किएको छ । २०७२ को भुकम्प पछि सुकेको मुहान पुन पाँच वर्ष पछि पलाएको हो दुई हजार छ सय ४५ मिटरको उचाईमा पर्ने तातोपानी दिन प्रति दिन धाराको पानीको तापक्रम बढदै गएको त्यहाँका स्थानियले कुण्ड वरिपरि सफा गरे पुजा गर्न थालेका छन् ।

विशेष गरि कार्तिक र चैत्र महिनामा मेला लाग्ने यस ठाउँमा मुहान पुन पानी पलाउन थालेपछि पहिलेको जस्तै आन्तरिक र वाह्य पर्यटकहरु आउने विश्वास लिइएको ाछ ।

६ वटा धारा रहेकोमा चार वटामा पानी आइरहेको छ । तातोपानी क्षेत्रकै स्थानिय नोर्चेल तामाङको भनाई अनुसार असोज एक गतेको पानीको तापक्रम २३.४ डीग्री रहेको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्