Logo

फेवातालमा बढ्यो पानीको सतहः डुंगा सयर गर्नु अघि स्वास्थ्य सर्तकता



पोखरा, ४ असोज । स्वास्थ्य सतर्कता अपनाएर पोखराको फेवातालमा शुक्रबारदेखि डुंगा संचालनमा आएका छन्। डुंगा चड्न आउने यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ। डुंगा व्यवसायीले ग्राहकको ज्वरो नाप्ने र सेनिटाइजर प्रयोग गर्न दिएपछि मात्र डुंगा सयर गर्ने व्यवस्था मिलाएका छन्।

कोरोना संक्रमण नसरोस् भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा मात्र डुंगामा सयर गर्न पाउने व्यवस्था पनि मिलाइको छ। सामान्य अवस्थामा यात्रु डुंगामा चढ्ने संख्या भन्दा आधा मात्र यात्रु डुंगामा चढ्ने व्यवस्था मिलाइको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले जानकारी दिए।

यात्रुले प्रयोग गरेको लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखिने छ। यसरी स्यानिटाइज गरेर राखेको ज्याकेट अर्को दिन मात्र प्रयोगमा ल्याइने छ।

यो साता पोखरामा दैनिक पानी परेपछि शनिबार फेवातालमा पानीको सतह बढेको छ। पोखराको फेवाताल किनार बाराहीघाँटमा पानीको सतह बढेपछि त्यही बालबालिका साइकल खेलेर रमाइरहेका थिए। यो खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्