Logo

कोरोनामै एन्फामा तलब वृद्धि



काठमाडौं, असोज ४ । कोरोना भाइसका कारण विश्वभरको खेलकुद गतिविधिमा धक्का लागेको छ। कोरोनाले ठप्प भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू भर्खर सुरु हुने क्रममा छन्।

कोरोनाले निम्त्याएको आर्थिक संकटका कारण फुटबलका हस्ती देशको राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीको तलबभत्तामा समेत व्यापक कटौती गरिएको छ। खेलकुदसँगै अन्य क्षेत्रमा रोजगारीको अवसर गुमेको अवस्था छ। विश्व फुटबलमा राम्रो आम्दानी गरिरहेका क्लब र खेलाडी पनि आर्थिक हिसाबले मारका परेका छन्।

तर, अन्तर्राष्ट्रिय सफलताका हिसाबले शून्य बन्दै गएको नेपाली फुटबललाई कोरोनाले कत्ति पनि नछोएको भान भएको छ। कोरोना संक्रमणकैबीच अखिल नेपाल फुटबल संघ ९एन्फा० ले एन्फाका कर्मचारी र खेलाडीको तलबभत्तामा वृद्धि गर्ने तयारी गरेको छ।

एन्फाले कर्मचारी र खेलाडीको तलबभत्ता वृद्धि गर्न लागेपछि महिला खेलाडीलाई पनि पुरुष खेलाडी सरह तलबभत्ता दिनुपर्ने माग उठेको छ। एन्फाले कर्मचारी र खेलाडीको तलबभत्ता बढाउन लागेकाले एन्फाअन्तर्गत महिला समितिले महिला फुटबल खेलाडीको सुविधा पनि पुरुष खेलाडी सरह हुनुपर्ने माग अगाडि सारेको छ।

एन्फाका सचिव एवं प्रवक्ता किरण राईले कर्मचारी र खेलाडीको तलबभत्तालगायत सुविधा बढाउने विषयमा एन्फा सचिवालयले गृहकार्य सुरु गरेको बताएको आजका अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्