Logo

पदकमा सरकारको कन्जुस्याइँ



काठमाडौं, असोज ४ । २० वर्षपछि नेपाली भूमिमा सञ्चालनमा भएको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले ऐतिहासिक सफलता दिलाएको थियो। गत सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २ सय ७ पदक जित्दा सहभागी सात राष्ट्रमा घरेलु राष्ट्र नेपाल दोस्रो भएको थियो। यो सफलता नेपाली खेलकुद इतिहासमा पहिलो पटक प्राप्त भएको हो।

लगानीमा पनि अनुत्पादक क्षेत्रको रूपमा खेलक्षेत्रलाई बेवास्ता गर्ने सरकारले राज्यबाट दिने ठूला सम्मान र प्रोत्साहनमा पनि नेपाली खेलाडीलाई उत्प्रेरणा दिन सकेन। शनिबार संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको थियो।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४ सय ५३ जनालाई मानपदवी १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने निर्णय गरे। तर, त्यो सूचीमा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले नै सिफारिस गरेका एक जना पनि खेलाडी परेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नै १३औं सागको उद्घाटन गरेकी थिइन्। तथापि, सोही आयोजनाबाट प्राप्त भएको सर्वाधिक ठूला सफलता सरकारको आँखा परेन। घरेलु मैदानमा सम्पन्न सो सागमा नेपाली खेलाडीले पनि यादगार सफलता दिलाएका थिए।

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो। तर, एक जना पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नेपाली खेलकुदकै कार्यकारी निकाय राखेपले नै गरेको सिफारिस नपर्ने तर विभागबाट भएको सिफारिसचाहिँ पर्नुले खेलाडीहरू नै अचम्मित भएको बताए। सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान दुई वटा स्वर्ण नेपाललाई दिलाएका थिए।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमान राख्न विभिन्न क्षेत्रबाट महŒवपूर्ण योगदान पु¥याउनेलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। त्यसमा खेलकुद क्षेत्र पनि समावेश हुनुपर्नेमा दुई मत नै छैन। यद्यपि, देशकै लागि खेलक्षेत्रबाट योगदान पु(याउने खेलाडीको भने कदर हुन सकेन। यसले समग्र नेपाली खेलाडीको नै अपमान गरेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताउँछन्। खेलाडी संघका अध्यक्ष श्रेष्ठले पहिलेको व्यवस्थामा कहिले पनि खेलाडीले असमान व्यवहार भोग्नु नपरेको स्मरण गर्दै गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरेको दुखेसो पोखेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्