Logo

३२ लाख बराबरको अमूल्य किताबहरु भुईमुनी लुकाइएको भेटियो



एजेन्सी, ४ असोज । लण्डनको गोदामबाट हराएको करिब ३२ लाख रुपैयाँ बराबरको २०० वटा किताबहरु रोमानियाको विकट गाँउको एक घरको ४० फिट तल भुइँमूनि राखिएको पाइएको छ । उक्त किताबहरु चोरको समूहले सन् २०१७ मा उक्त स्थानबाट चोरेका थिए ।

किताबहरु ग्यालिलियो र आइज्याक न्यूटनको पहिलो संस्करणको किताब रहेको बुझिएको छ । किताब चोरीगरेको व्यक्त्हिरु रोमानियाको सामूहिक अपराधमा संलग्न रहेको कारण उनीहरुलाई प्रहरीले पहिचान सजिलै गरेका थिए । उक्त समूह निरन्तर गोदामहरुमा चोरी गर्ने विषय प्रहरीले बताएका छन् । रोमानियाको एक घरमा अधिकारीले बुधबार खोजतलास गर्ने क्रममा भुइँ मुनि किताब पाइएको हो । यस्ता प्रकारका खोजतलास सन् २०१९ मा लण्डन, रामानिया र इटलीको गोदामहरुमा गरिएको थियो। यसक्रममा गिरफ्तार १३ जना मध्ये १२ जनाले चोरी गरेको स्वीकारेका छन् ।

किताबसंगै त्याहाँ अमूल्य पेन्टिङहरु समेत भट्टिएको थियो । त्याहाँ पाइएको किताबहरु अमूल्य रहेको बताइएको छ । किताबहरुलाई सुरक्षीत स्थानमा लगिएको छ भने त्यस किताबहरुको लिलामीका लागी समेत तयारी गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्