Logo

आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो



काठमाडौँ ४ असोज। असोज ४ गते,आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भने अघिल्लो कारोबार दिन सुनचाँदीको मूल्य बढेको देखिन्छ । सो दिन सुन प्रति अउन्स एक हजार ९५० डलरमा र चाँदी प्रति अउन्स २६ डलरभन्दा बढिमा कारोबार भएको थियो । आइतबार भने अन्तरराष्ट्रिय सुनचाँदी बजार बन्द रहेको छ।मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्