Logo

जताततै विकास हुनुपर्नेमा नेपालमा जताततै सरकार भए : अध्यक्ष केसी (भिडिओसहित)



काठमाडौं, ४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले व्यवहारिक रुपमा सबैले संविधान मानेपनि धेरैको असन्तुष्टि रहेको टिप्पणी गरेका छन् । संघीयता यो मुलुकको लागि उपयुक्त छैन भनेर आफ्नो पार्टीले पटक पटक भनेको भएपनि अहिले यो पाँच वर्षको अवधिमा जनताले राम्रोसँग भोगेको उनको भनाई छ । केसीले क्षेत्रिय र जातीय संघीयताको पछाडि बेग्लाबेग्लै उद्देश्य रहेको पनि टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘प्राईम–लाईभ’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले आफुहरुले एकात्मक प्रदेश हुनुपर्नेमा जोड दिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्