Logo

पेरिसडाँडाबाट एक महिला पक्राउ



काठमाडौँ, ४ असोज: प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवायल बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । झोला बोकेर भित्र पस्न खोजेपछि झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार खड्काले धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्