Logo

आज १३२५ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ६४ हजार नाघ्यो



काठमाडौं,  ४ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६४ हजार १ सय  २२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४६ हजार  २ सय  ३३ जना संक्रमणमुक्त भएका छन् । आज  ९६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्