Logo

उपत्यकामा आज ७६७ जना कोरोना संक्रमित



काठमाडौं,  ४ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७  सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३  सय २५  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ७ सय ६७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ९ हजार  ५ सय   ८४ जनाको पिसीआर परिक्षणमा १३  सय २५  जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ९६६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ४६ हजार  २ सय ३३  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ६०२ जना र ललितपुरका ६४ जना र भक्तपुरका १०१  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६४ हजार  १ सय २२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्