Logo

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु पुष्टि (विवरणसहित)



काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट आज थप छ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा पाँच महिला र एक पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र मृत्यु पुष्टि भएका कुल १० जनामध्ये काठमाडौंमा ६ जनाको मृत्यु पुष्टि भएको हो ।

उपत्यकामा मृत्यु पुष्टि भएकामध्ये पाँचजना वृद्धवृद्धा छन् । जसमध्ये एकजना ८२ वर्षका पुरुष पनि हुन् ।

मृतकको विवरण
१. काठमाडौंकी ४० वर्षीया महिला
२. काठमाडौंका ८२ वर्षीय पुरुष
३. काठमाडौंकी ६० वर्षीया महिला
४. काठमाडौंकी ७५ वर्षीया महिला
५. ललितपुरकी ७५ वर्षीया महिला
६. भक्तपुरकी ७२ वर्षीया महिला



प्रतिक्रिया दिनुहोस्