Logo

गाँजा भण्डारणको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप



वीरगंज, ४ असोज । गाँजा भण्डारण गरेको विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । शनिवार राति ८ बजे पटेर्वासुगौली गाउँपालिका–४ मा प्रहरी र स्थानीयवासीबीच झडप भएको हो ।

तस्करहरुले मकवानपुरको मनहरीबाट ल्याएको गाँजा पटेर्वाटोलमा भण्डारण गरेको सूचना पाएपछि जिप्रका पर्साको टोलीले घरघरमा खानतलासी गरेको थियो । स्थानीयले एक घरबाट अर्को घरमा गाँजा सार्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

झडपमा केही महिला घाइते भएका छन् भने दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । यसैगरी शुक्रवार राति पर्साको जगरनाथपुर गाउँपालिकाबाट ५० किलो गाँजा बरामद भएको प्रहरी चौकी पाँडेपुरले जनाएको छ । नेपाल–भारत सीमा स्तम्भ नजीक सो परिणामको गाँजा बरामद भएको र प्रहरीलाई देखेपछि गाँजा तस्कर फरार भएको प्रसनि आदर्श खतिवडाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्