Logo

महेन्द्र राय यादवको प्रश्न : संविधान कहाँ कार्यान्वयन भएको छ ? (भिडिओसहित)



काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद महेन्द्र राय यादवले संविधान कार्यान्वयन नभएको आरोप लगाएका छन् । उनले भने,अहिले संघीयताको मर्म र भावनामाथि प्रहार भैरहेको छ । संविधान कहाँ कार्यान्यवन भैरहेको छ ? मलाई बताईदिनुहोस त ? संघीयता भनेको देशलाई जोड्ने हो ।’ संविधानमा लेखिएका कुरा नै सरकारले पालना नगरेको उनको गुनासो छ । मुलुकको आर्थिक स्रोत र साधन वितरणमा पनि पक्षपात भएको उनको टिप्पणी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्