Logo

मन्त्रिमण्डल पुर्नगठन चाँडै, मापदण्ड बनाएर फेरबदल हुनसक्ने



काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा आज मन्त्रिमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल पुर्नगठनबारे छलफल भएको बताए । बैठकमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डबारे प्रधानमन्त्री ओलीले विकल्पसहित प्रस्ताव प्रस्तुत गरेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरिहाल्ने हो भने सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने प्रस्ताव राखेको बुझिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीबाहेक सबै मन्त्री फेरिने पक्का छ । तर, बैठकमा अधिकांश सचिवालय सदस्यहरुले मन्त्रीहरुको कामको मुल्यांकनलाई आधार बनाएर हटाउने र राख्ने गरी मापदण्ड बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले राखेको प्रस्तावबारे अझै टुंगो भने लागेन । विशेषगरी नामको बारे कुरा उठाउनुपूर्व मापदण्डको विषय आएको थियो ।
साँढे दुई वर्ष मन्त्री भइसकेकालाई फेर्नुपर्ने आशयका साथ केही सचिवालय सदस्यहरुले कुरा राखेका थिए । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीका विश्वासपात्र मन्त्रीहरु फेरिन सक्छन् । तर, ओली विश्वासपात्रलाई राखेर प्रचण्ड र माधव नेपाल पक्षधर मन्त्रीहरुलाई मात्र फेर्न चाहिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्