Logo

बालिकालाई फकाएर एकान्त स्थानमा यौन दुव्र्यवहार गर्ने पक्राउ



कास्की, ४ असोज । बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा बिकाश बिक पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा बस्ने धादिङ गंगाजमुना घर भएका बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिकमाथि बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्