Logo

गाँजासहित पक्राउ



काठमाडौं, ४ असोज । अवैध लागूऔषध गाँजासहित बिसराम गोलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका बाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित गोले पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले ना.२२प ९०१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा बोराभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक गोलेलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै गौरादह नगरपालिका बैगुनधुरास्थित सडकबाट १ सय ५८ बोतल ईस्कफ नामक लागूऔषध सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिकाका प्रमानन्द राजबंशी र राजेश महतो रहेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले जाँच गर्नेक्रममा बिआर ३८ स ५६३० नम्बरको मोटरसाईकलमा सवार उनीहरूको साथबाट उक्त परिमाण लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्