Logo

अनुरागले दिए पायल घोषको यौन उत्पीडनको आरोपको जवाफ



एजेन्सी, ४ असोज । बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि लगाएको यौन उत्पीडन आरोपमा निर्देशकले आफ्नो प्रतिक्रिया दिएका छन् । अनुुरागले आफुमाथि लगाएको यौन उत्पीडन आरोप अस्विकार गरेका छन् । निर्देशकले आफ्नो प्रतिक्रियामा सामाजिक सञ्जालको साहारा लिदै ट्विटमा ४ ट्विट गरेका छन् ।

उनले गरेको ४ ट्विटमा अभिनेत्रीलाई मर्यादामा बस्न भनेका छन् । उनले सबै आरोप निराधार भएको बताएका छन् । अनुरागले पहिलो ट्विटमा मलाई चुप गराउन यति झुट बोलेको आरोप लगाएका छन् ।

फेरी अर्को ट्विटमा लखेका छन्, मलाई लगाएको यस्तो आरोपले हराउन सक्दैनौ । म जहिल्यै आफुसँग काम गर्ने अभिनेत्रीहरुसँग हुन्छु । आफ्नो टिममा धेरै केटिहरु नै छन् ।

तेस्रो ट्विटमा उनले यस्तो व्यवहार आफुले कहिल्यै गरेको छैन भन्दै पायलले अंग्रेजीमा लगाएको आरोप हिन्दीमा दिएकोमा माफि पनि मागेका छिन् ।

फेरी पनि रातिमा निर्देशकले अर्को ट्विट गरेका छन् । ट्विटमा लेखेका छन्, ‘अब त धेरै आक्रमण हुनेछ । यो त सुरुवात हो । धेरै फोन आएका छन् बोलिरहेको छैन, कता कताबाट तीर छेड्नेवाला छ पर्खाइमा छु । ’

अभिनेत्री पायलले प्रधामन्त्री नरेन्द्र मोदीसँग सहयोग माग्दै ट्विटमा ‘अनुराग कश्यपले मलाई जबरजस्ती गर्यो । म माथि ‘हिंसक बर्ताब गर्यो । नरेन्द्र मोदी जी कृपया निर्देशकलाई कारवाही गरेर रचनात्मक कार्य गर्ने व्यक्तिको पछाडी राक्षस लुकेका हुन्छन भन्ने जानकारी दिनुहोस् । मलाई थाहा छ यो काम गर्दा मलाई नै धेरै नोक्सान पुग्छ । मेरो सुरक्षा खतरामा पर्न सक्छ । कृपया मलाई मद्दत गर्नुहोस् । ’



प्रतिक्रिया दिनुहोस्