Logo

सन्जय दत्तले उपचार हुँदा हुदै फिल्ममा काम गर्ने



एजेन्सी, ४ असोज । बलिउड कलाकार सन्जय दत्तलाई क्यान्सर जस्तो भयानक रोग लागेकोले उनका फ्यानहरु धेरै निराश छन् । उनी हाल पनि आफ्नो उपचारमा व्यस्त छन् । क्यान्सरको उपचारको क्रममा पनि सन्जयले काम छाड्न चाहेका छैनन् र चाडै नै अधुरा प्रोजेक्टहरु पुरा गर्न चाहेका छन् । उपचारको क्रममा सन्जयले चाडै नै काममा फर्कन खोजी रहेका छन् ।

अक्षय कुमारले दिवाली पछि फिल्म पृथ्वीराजको सुर्टिङ सक्नेछन्, जसमा अक्षय कुमार लीड रोलमा देखिन सकिनेछ । फिल्मको धेरै भाग सकिएको छ । ५ –६ दिनको मात्र काम बाकी रहेको एजेन्सीले जनाएको छ । यो फिल्मको सुर्टिङ दिवाली पछि सुरु हुनेछ । यो फिल्म बाहेक सन्जय दत्तको अन्य केही प्रोजेक्टमा काम हुनेछ ।

हाल भने सन्जय दत्त दुबईमा छन् । उनकी पत्नी मान्यताले बच्चाहरुलाई लिएर दुबईमा गएकी छिन् । सन्जयको उपचार अमेरिकामा हुने भनिएता पनि परिवारको सल्लाह अनुसार भारतमा गरिएको हो ।

यस फिल्ममा मिस वल्ड २०१७ की मानुषी छिल्कर निडर र पराक्रमी राजा पृथ्वीराज चौहानको जीवन र वीरतामा आधारित ऐतिहासिक फिल्म ‘पृथ्वीराज’ मार्फत बलिउउडमा प्रवेश गर्दैछिन् । यसमा सुपरस्टार अक्षय कुमार पृथ्वीराज को भुमिका निभाउनेछन् भने संयोगिताको भुमिकामा मानुषी छिल्लर देखिनेछिन् । यस फिल्ममा पृथ्वीराज र संयोगिताको प्रेम कथा देखिनेछ ।



प्रतिक्रिया दिनुहोस्