Logo

सिताराम कट्टेल धुर्मसको जन्मदिन



काठमाडौं, ४ असोज । हास्यकलाकार हुँदै सामाजिक कार्यमा अग्रसर अभियन्ता सिताराम कट्टेल धुर्मुसले आज जन्मदिन मनाउदै छन् । संघर्षशिल धुर्मुस आजबाट ३७ वर्षमा प्रवेश गर्दैछन् । उनलाई देश तथा विदेशमा रहेका साथीहरुले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् ।

चितवनस्थित निर्माणाधिन ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा व्यस्त कट्टेल आफ्नो सामाजिक अभियानमा निरन्तर अगाडी बढीरहेका छन् । हास्य टेलिश्रंखला मेरी बास्सैमा अभिनय गरेपछि उनी सबैको लोकप्रिय भएका हुन् । धुर्मस सुन्तली फाउन्डेसनले एकिकृत नमुना बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्