Logo

अस्पतालको सुरक्षा गार्डमा बिरालो नियुक्त



अष्ट्रेलियामा इम्पार्वर्थ अस्पतालमा एक आवरा बिरालोलाई सुरक्षा गार्ड राखिएको छ । एक रिर्पोटका अनुसार बिरालोको नाम इलउड हो । इलउडलाई इम्पार्वथ अस्पतालमा सुरक्षा गार्डमा नियुक्ति गरिएको छ । अस्पताल प्रशासनले इलउडलाई एक परिचय पत्र पनि लगाइदिएको छ, जसमा बिरालोको फोटो पनि राखिएको छ । परिचय पत्रमा उसको नाम र उसको पद समेत लेखिएको छ ।

उक्त अस्पतालका प्याथालोजिस्टको काम गर्ने एक कर्मचारीले बताए अनुसार इलउड पछिल्लो एक वर्षदेखि अस्पतलाको मेन गेटमा दैनिक घुम्ने गरथ्यो । त्यसपछि उनले अस्पतालले गार्डको समुहमा राखेको जनाएका छन् । कामको जिम्मेवारी दिनुको साथै राम्रो खाना र हेरविचार पनि गरेको अस्पतालले जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्