Logo

२२ वर्षदेखि पितालाई जन्जिरले बाँधेर राख्ने छोरा



मध्य प्रदेशमा भएको एक घटनाले मानिस कति निर्दयी बन्न सक्छन् भन्ने उदाहरण दिएको छ । जहाँ एक परिवारले रोगी बाबुलाई वर्षौदेखि साङ्लोले बाँधेर राखेका छन् । बाहिरी मानिसले थाहा पाएपछि सबैजना दुखी भएका थिए । मानसिक रोगबाट पिडित एक बृद्धलाई करीब २२ वर्षदेखि खुट्टामा बाधेर एक सानो कोठामा राखेका हुन् ।

पीडितको छोराको नाम देवीदीन यादव हो । देवीदिनले बाबुको नाममा भएको जग्गा आफ्नो नाममा गराउनुपरयो भनेर पटवारी श्यामलाल अहिवरलाई सम्र्पक गरे । पटवारीले जग्गा आफ्नो नाममा गर्न बाबुको सहमति सबैभन्दा पहिला आवश्यक पर्ने सल्लाह दिए । पटवारीसँग छोराले बाबु मानसिक बिरामी भएको जवाफ दिए । देवादिनसँग पटवारी पनि बृद्धलाई भेट्न गए । उनले घरमा बाबुलाई साङ्लोले बाधिएको अवस्थामा देखे ।

ती बृद्ध बैजनाथलाई पटवारीले परिवारले २२ वर्षदेखि खुट्टामा बाधेर राखेको पत्ता लगाए । पटवारीलाई हात जोडेर बिन्ती गरेर आफुलाई अध्यारोबाट मुक्त गर्न हात जोडेर आग्रह गरे । पटवारीले जंन्जीरबाट मुक्त गरिदिए र आरोग्यशालामा भर्ना गरीदिए ।

पितालाई खुला छाडेमा मानिसहरुलाई कुट्दै हिड्ने गरेको छोराले बताएका छन् । उनलाई १०–१२ जनाले पनि समात्न नसकिने छोराको भनाई थियो । २२ वर्षअघि छिमेकीमा बुबाको कारणले झगडा भएपछि आफुले बाधेर राखिदिएको छोराले बताएका छन् । देवीदिनले आफू गरिब भएको र बाबुको उपचारको लागि पैसा नभएको बताएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्