Logo

हनुमानले उठाएको यो पहाड, आज पनि भगवान शिवको खुट्टाको निशाना



दुनियाँमा धेरै रहस्य छन् जसलाई पर्दाफास गर्न अहिलेसम्म सम्भव भएको छैन् । आज हामी हाम्रो छिमेकी देशमा रहेको एक पहाडको बारेमा चर्चा गर्छौ, जुन पहाडलाई हनुमानले उचालेर लगेका थिए । श्रीलंकामा भएको पहाडलाई एडम्स पिक वा श्रीपदा नामले पनि चिनिन्छ । यो एक यस्तो पहाड हो, जसको सम्बन्ध रामायण कालसँग जोडिएको छ ।

यस पहाडलाई विभिन्न धर्महरुले मान्यता आफ्नै किसीमले दिएका छन्, तर हिन्दु धर्मअनुसार पहाडमा बनेको मन्दिर भगवान शिवको खुट्टाको निशाना हो । घना जंगलमा अवस्थित यो मन्दिर शिवको खुट्टाको निशाना हो । आफ्नो दिव्य प्रकाश दिनलाई शिव प्रकट भएको उक्त स्थानलाई सिवानोलीपदम वा शिवको प्रकाश पनि भनिन्छ ।

करीब २२ सय उचाईमा रहेको यो पहाडको खास महत्व छ । उक्त पहाड ढुंगा ढुंगाको भण्डार रहेको छ । रामायाणको युद्धमा रावणका छोरा मेघनादको बाणले घाइते भएका लक्ष्मणलाई बचाउँन सञ्जिबनी बुटीको आवश्यकता परेको थियो । हनुमान हिमालय जडिबुटिमा सञ्जिबनी बुटिको खोजीमा निस्किए, हिमालयमा पुगे तर उनले त्यहाँ पुगेर के र्लैजाने केही सम्झन सकेनन् ।

अन्तमा समस्या समाधान गर्न उनले सम्पुर्ण पहाड नै उचालेर लैजाने निर्णय गरे । हनुमानले लक्ष्मणको उपचारको लागि लगेको पहाडको टुक्रा यहि पहाडको टुक्रा भएको मान्यता रहेको छ । यस स्थानबाट एशियाकै सबैभन्दा राम्रो सुर्योदय देखिन्छ । सुर्योदय हेर्न पनि मानिसहरुको भिड लाग्न थालेको छ । उक्त पहाडबाट देखिने प्रकतिको मनोरम दुष्यले जो कोहीलाई पनि आनन्द दिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्