Logo

मन्त्री भट्टराईद्वारा युएईका राजदूतसँग भेटवार्ता, नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह



काठमाडौं, ४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले कोभिड-१९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रशसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे । शिष्टाचार भेटमा राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्