Logo

कोरोना संक्रमणबाट बितेको २४ घन्टामा मृत्यु भएका १० जना को को (विवरणसहित)



काठमाडौं, ४ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा १० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ४ सय ११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमा ६ महिला र ४ पुरुष छन् । बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा छ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ ।

मृतकको विवरण
१. काठमाडौंकी ४० वर्षीया महिला
२. काठमाडौंका ८२ वर्षीय पुरुष
३. काठमाडौंकी ६० वर्षीया महिला
४. काठमाडौंकी ७५ वर्षीया महिला
५. ललितपुरकी ७५ वर्षीया महिला
६. भक्तपुरकी ७२ वर्षीया महिला
७. चितवनका ८० वर्षीय पुरुष
८. धनुषाका ७६ वर्षीय पुरुष
९. रुपन्देहीका ६७ वर्षीय पुरुष
१०. पाल्पाकी ४० वर्षीया महिला



प्रतिक्रिया दिनुहोस्