Logo

चीनले नाका नखोलेको कि नेपालले पहल नगरेको ?



असोज ४, काठमाण्डौ । नेपालीहरूको ठूला चाडपर्वको मौसम शुरू हुनै लाग्दा नेपाल–चीन सीमा नाका सहज हुन सकेको छैन । चीनसँगका दुई मुख्य भन्सार नाका तातोपानी असार २४ यता ठप्प छ भने केरुङ भन्सार आंशिक सञ्चालनमा रहेपनि सहज नहुदाँ करोडौ रुपैयाँको सामान भन्सारमै रोकिन पुगेको छ । व्यवसायीहरुको मागका आधारमा छलफल गरेर आयात सहज बनाउने तयारी सरकारले गरेको छ ।

नेपाल चीनको स्थलमार्गको रुपमा रहेको भन्सार नाकामा केही प्राविधिक समस्या र कोरोना भाइरसका कारण १० महिनादेखि नेपाल आयात योग्य सामाग्री रोकिएका छन् । कोरोना महामारीका कारण गत माघदेखि उक्त नाका बन्द हुँदा व्यवसायीले त्यसअघि नै चीनबाट आयात गर्न लागेका तयारी लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री लगायतका हजारभन्दा बढी कन्टेनर रसुवाको केरुङ नाकामै रोकिएका छन् ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालबाट चीनियाँ सामान आयात ठप्प भएको छ । भोटेकोशी नदीमा भीषण बाढी पहिरोका कारण बाटो अवरुद्ध भएपछि उक्त नाकाबाट कुनै पनि सामान आयात भएको छैन । यी दुवै नाका बन्द हुँदा दशैंका लागि सामान ल्याउन पाइने÷नपाइने चिन्ता व्यवसायीहरु रहेका छन् । तर नाकामा रोकिएका सामान छुटाउन चीनसँग कूटनीतिक पहल भैरहेको परराष्ट्रमन्त्री तथा सरकारको प्रबक्ता प्रदिप ज्ञवालीले बताएका छन् ।

केरुङमा अलपत्र कन्टेनर भित्राउनका लागि नेपालको तर्फबाट आफ्नो सडक पुर्वाधार सुधार र नाकाको स्तरउन्नती गरि रहेको र सो समस्या समधान भएपनि पूर्णरुपमा सामान चीनबाट नेपाल आयात हुने परराष्ट्रमन्त्री ज्ञावालीले बताएका छन् ।

केरुङ नाकामा रोकिएको सामान नेपाल ल्याउन पहल गरिदिन व्यवसायीहरुले सरकारसँग माग गर्दै आएका छन् । नाकामा मालसामान रोकिएर बसेको तर विभिन्न समस्याले गर्दा आयात गर्न नपाएकाले छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने वातावरण मिलाइदिन माग गरिएको छ ।

नेपाली बजारमा ९० प्रतिशत कपडा चीनबाटै आयात हुने गरेको छ । विगत १० महिनादेखि १२ सय कन्टेनर केरुङ नाकामै रोकिँदा चीनबाट नयाँ सामान आउने सम्भावना न्यून रहेको छ । मालसामानका ती कन्टेनर काठमाडौ भित्राउन व्यवसायीहरु राजीतिक तहमै हारगुहार गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्