Logo

काठमाण्डौ उपत्यकामा कोरोना : यस्तो छ भयावह अवस्था



असोज ४, काठमाण्डौ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो । काठमाडौ उपत्यकामा संक्रमितको संख्या १६ हजार नाघिसकेको छ । तिमध्ये अधिकांश संक्रमित घरमै छन् । जसका कारण जोखिम झन बढेको छ ।

उपत्यममा बढ्दो भिडभाड र सरकारी निकायको हेलचक्राइका कारण पछिल्ला दिनहरुमा उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको छ । दैनिक कोरोना संक्रमण पुष्टि भएका मध्ये झण्डै ५० प्रतिशत काठमाडौ उपत्यकाकै मात्र देखिने गर्ेका छन । संक्रमित थपिएका छन् तर अहिले सम्मको लकडाउन र निषेधाषका कारण प्रभावित भएका आम नागरिक भिडभाडनै भएता पनि बाध्यताका कारण घरबाट निस्किएका छन ।

शुक्रबारमा काठमाडौ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यस्तै शनिबार देशभरमा १ हजार ४ जना नया कोरोना संक्रमित थपिएका मध्ये काठमाडौ उयपत्यमाका मात्रै ७ सय १० जनामा संक्रमण पुष्टि भयो । आइतबार १३ सय २५ जना संक्रमितमध्ये काठमाडौ उपत्यकामा ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार असोज चार गते सम्ममा १६ हजार ५ सय १८ जनामा कोरोना पुष्टि भैसकेको छ ।

ती मध्ये काठमाडौ जिल्लामा मात्रै १३ हजार ६ सय ७२, भक्तपुरमा ७ सय ८० र लतिपुरमा ९ सय ५० जना संक्रमित भएका छन् । जसमध्ये ७ हजार ८ सय ९६ जना संक्रमितले कोरोना जितेका छन् । ७ हजार ८ सय ५५ जना संक्रिय संक्रमित रहेका छन् ।

काठमाण्डौ उपत्यकामा करिब साढेँ ३ हजार संक्रमित घरमै बसेका छन् । काठमाडौं उपत्यकाको अस्पतालमा भर्ना भएर उपचार हुने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाको २२ वटा अस्पतालमा गरी करिब साढेँ २ हजार संक्रमित उपचाररत छन् ।

बाग्मती प्रदेशमा मात्रै हालसम्म करिब २१ हजार जना संक्रमित भैसकेका छन् । ती मध्ये १० हजार ५ सयभन्दा धेरैले कोरोना जितेका छन् भने १० हजारको हाराहारीमा संक्रिय संक्रमित रहेका छन् । अहिलेसम्मको तथ्याङकअनुसार सबैभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा मात्र करिब ६३ हजार संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्