Logo

बजार चलायमान हुँदै, व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ



काठमाडौं, ५ असोज । अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् । नेपालमा छिमेही चीन र भारतसहित बंगलादेश, इटाली, थाइल्याण्ड, अमेरिका, पाकिस्तान, इन्डोनेसिया, भियतनाम, ओमन, जापान, कोरिया, ताइवानलगायतका देशबाट विभिन्न डिजाइनका लत्ताकपडा आयात हुने गरेको व्यवसायीहरु बताउँछन् ।

उक्त देशबाट लत्ताकपडा आउने गरेको भए तापनि सबैभन्दा बढी मात्रामा चीनबाट आउने गर्छन् । धेरै किसिमको डिजाइन र सामानको गुणस्तर अनुसारको सस्तो मूल्यदेखि महङ्गो मूल्यका सामान चीनमा उत्पादन हुने गर्छ । जस्को कारण मानिसले आप्mनो आर्थिक अवस्था हेरेर उक्त सामानमा आकर्षण बढ्ने गरेको व्यवसायीको भनाइ छ । दशैँ नजिकिँएपछि कपडाको आयात बढ्दै गएको व्यवसायी बताउँछन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ दशैँ, तिहार चाड पर्व नजिकिएको अवस्थामा मानिसको आवतजावत खुला भएकाले व्यापार व्यवसाय चलायमान हुने बताउनुहुन्छ । लामो समय रोकिएको कारोबार अब सुधार हुने आफूहरुले आशा लिएको उहाँले बताउनुभयो । दशैँका लागि चाहिने सामान व्यवसायीसँग मौज्दात रहेको र बाहिरबाट आउने क्रम जारी रहेकाले सामानको अभाव नहुने उहाँ बताउनुहुन्छ ।

यो पटक ग्राहकको आर्थिक अवस्था कस्तो रहेको छ त्यस अनुसार व्यापारको अवस्था रहने उहाँले स्पष्ट पार्नुभयो । लामो समयदेखि बन्द भएका उद्योग, व्यवसाय सुचारु हुनुमा नै आफूहरुको लागि खुशीको कुरा भएको उहाँले प्रतिक्रिया दिनुभयो । चीनको नाकामा रोकिएका सामान अब केही दिनमै खुल्ने अपेक्षा लिए बताउँदै उहाँले सरकारसँग नाका सुचारु गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभयो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बन्द भएको व्यापार खुला भएसँगै व्यापार हुन थालेको बताउनुहुन्छ ।

लामो समय बन्दका कारण घाटा व्यहोरेका व्यापारी, नजिकिँदो दशँैमा हुने व्यापारले राहत पुग्ने अपेक्षा लिएको अध्यक्ष कटुवाल बताउनुहुन्छ । दशैँमा चाहिने सामान ल्याउन व्यवसायीहरु लागि परेको र चीनबाट आउने सामान भारतीय बाटो भएर आइरहेकाले सामान अभाव नहुने उहाँले दाबी गर्नुभयो । नेपाल–चाइना चेम्बर अफ कमर्शका उपाध्यक्ष राष्ट्रभूषण चाकुबजि चीनबाट सामान रोकिएको अब दशैँसम्म नाका खुल्ने आशा भएको बताउनुहुन्छ ।

चीनमा आउजाउ गर्ने सहज वातावरण नभएकाले सामान ल्याउन हाललाई समस्या देखा परेकोे बताउँदै नेपाल सरकारले लकडाउन खुला गरेको अवस्थामा चीनले भने नाकामा कडाई गरेको उहाँले बताउनुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्