Logo

६ महिनापछि आन्तरिक उडान शुरु



काठमाडौं, ५ असोज । ६ महिना रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको छ । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ ।

पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्सलगायतले उडान शुरु गरेका छन् ।

उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको उडानमा यात्रु उत्साही भएका छन् ।

कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी उडान बन्द गरिएकोमा सरकारले आजबाट शुरु गर्ने निर्णय गरेको थियो ।-फाइल तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्