Logo

विश्वभर कोरोनाबाट ६५५ नेपालीको मृत्यु



काठमाडौं, असोज ५ । कोरोना भाइरसको महामारीबाट विश्वभर ६ सय ५५ जना नेपालीको मृत्यु भएको छ। आइतबारसम्म कोरोना सक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको थियो। शनिबारसम्म विदेशमा २ सय ४४ जना नेपालीको र आइतबारसम्म नेपालमा ४ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन्।

कोभिड १९ संक्रमणदेशमा थप एकजना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ। त्यस्तै नेपालमा शनिबारदेखि आइतबारसम्म ७५ जनाको मृत्यु भएको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्