Logo

जेसिबी दुर्घटनामा एकको मत्यु, तीन जना घाईते



बझाङ, असोज ५ । बझाङमा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा गएराती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा सोही ठाउँका ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा थप तीन जना घाईते भएको जनाइएको छ। घाईते हुनेमा बुंगल नगरपालिका वडा नम्बर ९ का जेसीबी चालक २४ वर्षीय महेश खडायत, वडा नम्बर १ का २७ वर्षीय रामबहादुर बोहरा र ५० वर्षीय प्रताप धामी रहेको रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्