Logo

अमेरिकी न्यायधिशद्वारा चिनियाँ एप वि च्याट्माथिको प्रतिबन्धमा ढिलाई



एजेन्सी, ५ असोज । अमेरिकी न्यायालयले चिनियाँ एप वि च्याटमाथि लगाइने प्रतिबन्धमा ढिलाई गरेको छ । अमेरिकामा बसोबास गर्ने केही समूहहरुको काम र चीनभित्र रहेका उनीहरुको परिवारलाई मध्य नजर राखी उक्त निर्णय गरिएको हो । न्यायालयका अनुसार वी च्याट् प्रतिबन्ध लगाउनु नागरिकको अधिकारलाई हनन् गर्दछ ।

वास्तविक रुपमा यो एक सम्पर्क गर्ने माध्यम एपको रुपमा प्रयोग गरिएको छ । वी च्याट् चिनियाँ ठूलो कम्पनी टेनसेन्टद्वारा निर्माण भएको एप हो । तर, यो एप विशेष गरी चिनियाँ भाषा बोल्ने अमेरिकनहरुको लागी, साथी, घरपरिवार र विजनेस प्रयोगका लागी अतीआवश्यक रहेको देखिन्छ । उक्त चिनियाँ एपलाई पुनः एपल स्टोरमा राखिएको छ । यसलाई पुनः डाउनलोड गरी प्रयोगमा ल्याउन सकिनेछ । हालै ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा र डाटाहरु सुरक्षीत हुन नसकेको कारण टिकटक र वीच्याट्लाई सहित अन्य एप्सहरुमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाइएपछि अमेरिकामा उक्त एपलाई अमेरिकन कम्पनी ओराकलले सञ्चालन गर्ने भएको बताइएको छ । उक्त सम्झौतामा ट्रम्पले समेत समर्थन गरेका छन् । वी च्याट्ले कसरी र कुन रुपमा अमेरिका र अमेरिकी नागरिकको सुरक्षा र डाटा असुरक्षित भएको छ भन्ने विषयलाई प्रमाण सहित अदालतमा पेश गर्न न्यायधिशले आदे जारी गरेको छ । विश्वको दुई ठूला प्रतिस्पर्धी देशबीचको द्वन्द्व निकै बढ्दै गएपछि ट्रम्प प्रशासनले उक्त कदमहरु भालेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्