Logo

नेकपा सचिवालय बैठक स्थगित, मंगलवार बालुवाटारमा बस्ने



काठमाडौं, ५ असोज । नेकपाको आज सोमवार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पेरिसडाँडामा आज दिउँसो १ बजे बोलाइएको बैठक भोली मंगलवार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो ।

सचिवालयका एक नेताका अनुसार मन्त्रीपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल हुनेछ । थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको ति नेताले बताएका छन् ।

हिजोको बैठकले मन्त्रीमण्डलमा फेरबदल गर्ने र राजनीतिक नियुक्तिहरुका बारेमा पनि छलफल गर्ने निर्णय गरेको थियो । मन्त्रीमण्डल पुनर्गठनका लागि नेकपा सचिवालयमा तीन, चार ओटा स्वरुप सम्वन्धी प्रस्ताव पेश भएको छ ।-रेडियोएनआरएन



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम