Logo

शुक्र जाने तयारीमा रुसी मिसन



एजेन्सी, ५ असोज । रुसले आफ्नो निजी शुक्र मिसनलाई तीव्रता दिने भएको छ । शुक्र मिसनमा एउटा आफै र अर्को अमेरिकासंगको सहकार्य हुने जनाइएको छ ।

मिसनको नाम भेनेरा डी राखिएको रुसी स्पेस एजेन्सी रोजकसमसका प्रमुखले हेली रसिया प्रर्दशनी २०२० मा जानकारी गराएका थिए । रुसले अमेरिकासंगको साझेदारीमा शुक्र ग्रहको अन्वेषण गर्नेछ । रुस आफ्ै अन्तरीक्षमा जान सक्षम रहेको कारण रुस शुक्र जान ढिलाई नगर्ने प्रतिबद्वता रुसी स्पेस एजेन्सीका प्रमुखले बताएका छन् ।

संयुक्त साँझेदारीमा हुन गइरहेको कार्यक्रमले शुक्रको अन्वेषण २०२१ देखि २०३० सम्म गर्नेछ । भविषयमा रुसले आफ्नै शुक्र अन्वेषणका लागी तगारी गर्ने भएतापनि तत्काल रुसले शुक्रको अन्वेषण गर्न तीनवटा अनुसन्धानकर्ता यान लग्ने जनाइएको छ । उक्त रुसी मिसन सरकारको स्पेस प्रोग्राम अन्तरगत हुने जनाइएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्