Logo

सुनको मूल्यमा वृद्धि



काठमाडौँ ५ असोज। आज सोमबार सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिंय बजारमा पनि सोमबार सुनचाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन प्रतिअउन्स एक हजार ९५२ डलर भन्दा बढिमा कारोबार भइरहेको छ । सो बजारमा चाँदी प्रतिअउन्स २६ डलर भन्दा धेरैमा खरिदबिक्री भइरहेको छ ।मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्