Logo

महालेखामा कमसल सफ्टवेयर खरिदमा मुछिएका भुर्तेललाई पदक



काठमाडौं, ५ असोज । महालेखा नियन्त्रकको कार्यालयमा कमिसनको चक्करमा लागेर कमसन सफ्टवेयर खरिद गर्ने भूमिका खेलेका आरोप लागेका भेषप्रसाद भूर्तेललाई सरकारले पदक दिएको छ । महालेखा नियन्त्रक कार्यलयले कमिसनको लोभमा अनावश्यक, प्रयोग कर्ता अनुकूल नभएको सिग्यास नामको सफ्टवयर वनाएर सवै सरकारी कार्यलयलाई लाद्दा त्यो सफ्टवयरले राम्ररी काम गर्न नसक्दा साउनको तलब भाद्र महिना वितिसक्दा समेत सरकारी कार्यलयले खुवाउन नसक्दा चौतर्फी विरोध र गुनासाहरु आएका थिए ।
सो कार्यको नाइके उप महालेखा नियन्त्रक भेषप्रसाद भुर्तेललाई पनि प्रबल जनसेवा श्री (चतुर्थ ) विभूषित गर्दा आफूहरूको सिर निहुरियको महालेखाका कर्मचारीहरुको टिप्पणी छ । सरकारले संविधान दिवसको उपलक्ष्यमा भूर्तेललाई उक्त पदन दिने घोषणा गरेको हो ।
हाल पदक कस्ले पायो भन्नु भन्दा कस्ले लगो भन्नु बढी सान्दर्भिक हुने भूर्तेललाई हेरेर प्रस्ट हुने कर्मचारीहरूबीच चर्चा छ ।
चर्चित व्यक्तिलाई पदक दिने हेईन की पदक पाएर चर्चित हुने चलन बढ्दै गएको र अझ जसले पत्रपत्रिकामा कर्तुत गरेका कुराहरु पर्दाफास भैरहॅदा उनीहरुले फेसवुकका पाना आफै रंगाएको देख्दा लाजै लागेर आउन थाल्यो एक कर्मचारीले सामाजिक संजालमै असन्तुष्टि पोखे ।
सफ्टवेयर अपग्रेड गर्ने नाममा भूर्तेलको  नेतृत्व गरेको टिमको जालझेलका कारण निजामती कर्मचारी, कोरोना कहरमा फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, स्वाथ्यकर्मीले जोखिम भत्ता त परको कुरा नियमित तलबसमेत तीन महिनासम्म पाएनन् ।
भूर्तेललगायतको बेइमानीका कारण देशभरका पाँच हजार निजामती कर्मचारी, सात हजारभन्दा बढी सुरक्षाकर्मी, ३७ हजारभन्दा बढी जनप्रतिनिधि, दुई लाख पेन्सनर गरी पाँच लाख भन्दा बढी मारमा परे । तर सरकारले उनलई पदक दिएर सम्मान गर्दै सुशासनको खिल्ली उडायो।
महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको तलब–भत्तासम्बन्धी सफ्टवेयरको सिष्टम अपग्रेड गर्ने नाममा आर्थिक चलखेल गर्दा तलब रोकिन पुगेको आरोप लागेको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संघीय तथा प्रदेशसभाका सांसद, निजामति कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकायका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधिलगायत पेन्सनरहरुको तलब महालेखा नियन्त्रकको कार्यालयबाटमार्फत वितरण हुँदै भाएको छ । भदौ अन्तिम लाग्दासमेत  ती निकायमा कार्यरत व्यक्तिहरूले साउनकै तलब थाप्न पाएनन् ।
महालेखा नियन्त्रकको कार्यालयले कम्प्युटर गभर्मेन्ट अकाउन्टिङ् सिष्टम (सिग्यास) अपग्रेडको बहानामा साउन महिनाको तलब भदौ बित्दासमेत नपठाएपछि सरकारी कर्मचारी र जनप्रतिनिधिहरु रूष्ट बनेका थिए । भूर्तेललाई पदक दिएर सरकारले बदमासलाई प्रोत्साहन गरेको अर्थका उच्च अधिकारीहरूको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्